महान भिभ रिचर्ड्सलाई मेण्टर बनाउने पीसीबी-को प्रयास शुरु

IMG-20240521-WA0429.jpg

लाहौर: अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनमा १ जूनदेखि शुरु हुने टी२० वर्ल्ड कपको अवधि महान क्रिकेटर भिभियन रिचर्ड्सलाई राष्ट्रिय टीमको मेण्टर (मार्गदर्शक) नियुक्त गर्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) – ले प्रयास शुरु गरेको छ। रिचर्ड्सले २०१६-मा पाकिस्तान सुपर लीगमा क्वेटा ग्लेडिएटर्सको निम्ति मेण्टरको रूपमा काम गरेका थिए अनि अहिले पीसीबी-का वर्तमान अध्यक्ष मोहसिन नकवी राष्ट्रिय टीमसँग एउटा ठूलो नाम जोड़्न इच्छुक छन्। यसबाहेक टी२० वर्ल्ड कपमा सुपर आठ चरणका अधिकांश म्याच नै क्यारेबियन देशहरूमा हुनेछ। यसैकारण रिचर्ड्सको अनुभव टीमको निम्ति फाइदाजनक साबित हुनसक्छ। पीसीबी- का एकजना वरिष्ठ अधिकारीले भने, सर भिभ रिचर्ड्ससँग वर्ल्ड कपको निम्ति पहिलादेखि नै केही मीडिया प्रतिबद्धताहरू रहेको छ तर यसमाथि काम गरिँदैछ कारण पाकिस्तानका खेलाड़ीहरूले उनलाई धेरै सम्मान गर्छन्। अब यो अनुबन्ध भए रिचर्ड्स वर्ल्ड कपमा टीमका मेण्टर हुनेछन्। अष्ट्रेलियाका पूर्व क्रिकेटर म्याथ्यू हेडनले २०२१ र २०२२-मा दुईवटा टी२० वर्ल्ड कपमा निर्वाह गरेका थिए, जहाँ पाकिस्तान सेमिफाइनल र फाइनलमा पुगेको थियो। पाकिस्तान क्रिकेट टीम अहिले टी२० वर्ल्ड कपको तयारी गर्न ईंग्ल्याण्ड यात्रामा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement