नयाँ दिल्ली: गुजरातको अहमदाबाद हवाईअड्डाबाट पक्राउ परेका चार आईएसआईएस आतंककारीको सोधपुछमा ठूलो खुलासा भएको छ। चारै जना आतंककारी श्रीलंकाबाट भारतमा आतंकवादी हमला गर्न आएका थिए, र पाकिस्तानमा बसेर आइएसका ह्यान्डलरहरूको निर्देशनमा काम गरिरहेका थिए। अनुसन्धानले भाजपा र आरएसएसका नेताहरू आतंककारीहरूको निशाना भएको खुलासा गरेको छ। उनीहरूको नाममा यहूदी र ईसाई समुदायका मानिसहरू पनि थिए। यदि आदेश प्राप्त भएको भए आतंकवादीहरूले भारतमा आत्मघाती हमला गर्नसक्थे। चारै जना आतंककारी श्रीलंकाका बासिन्दा रहेको गुजरात पुलिसले जनाएको छ। उनलाई पाकिस्तानमा बसेको आईएसआईएस ह्यान्डलरले भारत आउन आदेश दिएको थियो।
चारैजना कोलम्बोबाट उडान भरेर अहमदाबाद पुगेका थिए तर यहाँ पक्राउ परे। सोधपुछका क्रममा अबू नामका आतंकवादीले उनीहरुलाई आदेश दिइरहेको खुलासा भएको थियो। चारैजना फरवरी २०२४ मा अबुको सम्पर्कमा आएका थिए। अबुले ३ महिनाभित्रै चारैजनालाई ब्रेन वास गरेर आक्रमण गर्न भारत पठायो। भारतमा यी आतंकवादीका लागि हतियारको व्यवस्था गरिएको थियो। अबुले उनीहरूलाई त्यही ठाउँमा गएर हतियार फेला पार्न निर्देशन दिएका थिए। पुलिसले उक्त स्थानबाट ३ थान पेस्तोल, ३ थान कारतूस र आइएसको झण्डा बरामद गरेको छ। यी हतियारहरूमा पाकिस्तानको एफएटीए क्षेत्रको नाम लेखिएको छ। त्यसैले यी हतियार पाकिस्तानबाट आएको हुनसक्ने सम्भावना छ। अहमदाबाद हवाईअड्डाबाट ११ किलोमिटर टाढा रहेको नाना चिलोडा क्षेत्रबाट यी हतियार बरामद गरिएको थियो। आतंकवादी पक्राउपछि भारतमा हतियार पुर्याउनेहरुको खोजी भइरहेको छ।