दार्जीलिङ: शहीद मदन तामाङलाई न्याय दिलाउन हाम्रो पार्टी वचनबद्व रहेको पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले घोषणा गरेका छन्।दार्जिलिङको क्लब साइडमा रहेको शहीद मदन तामाङको शहीद बेदीमा १४औं पुण्यतिथिको अवसरमा श्रध्दाञ्जली चढाउन हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स पुगेका थिए। त्यस अवधि पार्टीको केन्द्रीय कार्यकर्ता एंव समर्थकहरू साथमा रहेको थियो।गत २०१० को २१ मई आजकै दिन शहरको क्लब स्टयाण्डमा अखिल भारतीय गोर्खालीग पार्टीको अध्यक्ष मदन तामाङको निर्मम हत्या भएको थियो। आज १४औं पुण्य तिथिको अवसरमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले शहीद मदन तामाङको शहीद बेदीमा मोम बती जलाएर श्रध्दाञ्जली चढाएका थिए। उनले यस अवसरमा भने, मध्य दिनमा पहाडको एक नेताको निर्मम हत्या हुनु भनेको पहाड सुरक्षित नभएको प्रमाण हो। गोर्खालीग नेता मदन तामाङको निर्मम हत्या भएको आज १४ वर्ष पुग्यो। तर पनि शहीद मदन तामाङ र उनको परिवारले न्याय नपाउनु भनेको दुर्भाग्य रहेको बताउँदै शहीद मदन तामाङको परिवार पक्षले हामीलाई अनुमति दिए हाम्रो टिमले मदन तामाङ र उनको परिवारलाई न्याय दिलाउन सक्दो प्रयास गर्नेछ।’
उनले अझ भने, मदन तामाङको निर्मम हत्या जसले गरेको छ उनीमाथि कार्यवाही हुनुपर्छ। मदन तामाङ हत्या काण्डको मामलासँगसंगै उनको परिवारहरूमाथि जस्तो प्रकारले अन्याय र अत्यचारहरू भएको छ। उनीहरूलाई आजसम्म सन्चोले बाँच्न दिएको छैन। हामीले यी विषयहरूमाथि शहीद मदन तामाङको पत्नी भारती तामाङ, उनको छोरो सन्जोक तामाङसंग हामीले भेटेर घर सल्ला गर्ने सुझाव दिएका छौं यदि उनीहरूले हामीलाई यी सवै मामलाहरूको हेरचार गर्ने जिम्मा दिए हाम्रो कानुनी टीमले यस विषयमाथि अवश्य काम गर्नेछ।शहीद मदन तामाङ हत्या काण्डको मामला र उनको परिवारहरूमाथि भएको अन्याय र अत्यचारको मामलाहरू हाम्रो पार्टीले लिनुमा कुनै प्रकारको राजनैतिक स्वर्थ छैन। तर दिउँसै क्लब स्टयाण्ड अघि निर्मम हत्या हुनु भनेको हामी समस्त पहाडबासीहरूको निम्ति दुर्भाग्य हो। आज १४ वर्ष नाघिसक्दा पनि शहीद मदन तामाङ र उनको परिवारहरूले न्याय नपाएको घटनाले पहाडको साधारण नागरिकहरूले पनि आफुले आफुलाई असुरक्षित अनुभव गरी रहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताए।