खरसाङ: खरसाङ महकुमा अन्तर्गत महानदी ग्राम पञ्चायतको बाघमारा बस्तीमा रहेको ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बामा यसपाली बुध्द जयन्ती पालन गरिने भएको छ। गत वर्षहरू झैं यसपाली यस गुम्बामा भगवान् बुध्दको २५६८औं बुध्द जयन्ती पालन गरिने भएको जानकारी प्राप्त भएको छ। उक्त गुम्बा सञ्चालन समितिको तर्फबाट पत्रकारहरूसित कुराकानी गर्दै आनन्द तामाङले आगामी २३ मईको दिन बाघमारा बस्तीस्थित ज्याङ्तेर सामतालिङ छ्योलिङ गुम्बामा यसपाली २५६८औं बुध्द जयन्ती पालन गरिने भएको छ। यस अवसरमा वाङ अभिषेक यस गुम्बाको १०० वर्ष नाघेका वृध्द म्हेम्हे स्याङदेन म्हेम्हेको बाहुलीबाट सम्पन्न गरिने भएको बताएका छन्। उक्त बुध्द जयन्ती समारोहमा सबैलाई उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। यस अवसरमा विकास लामा, महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्य राजीव तामाङ लगायत अन्यहरू पनि उपस्थित रहेका थिए।