२० लाख रूपियाँको ब्राउन शुगर सहित तस्कर पक्राउ

IMG-20240521-WA0360.jpg

सिलगढी: मादक पदार्थ तस्करी गर्न अगावै एसओजी अनि प्रधान नगर थानाले एकजना मादक तस्करलाई पक्राउ गरेको छ।  पक्रा पर्ने आरोपीको नाम रकी सिंह बताइको छ। तिनी दालखोला निवासी हुन्।प्राप्त जानकारी अनुसार, गत राति रकी सिंह दालखोलाबाट ब्राउन शुगर लिएर बिक्री गर्नका लागि सिलगढी आइपुगेका थिए। यसबारे गोप्य सूइँको थाहा पाएर एसओजी-ले प्रधान नगर थाना पुलिसको सहयोगमा सिलगढी जंक्शनमा अभियान चलायो। यस अवधि रकी सिंहलाई संदिग्ध अवस्थामा पक्रियो। तिनलाई चानबिन गर्दा ३९९ ग्राम ब्राउन शुगर उद्धार गरेको बताइएको छ। उक्त ब्राउन शुगरको अनुमानित बजार मूल्य २० लाख रूपियाँ तोकिएको छ। यसपछि पुलिसले रकी सिंहलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरेको छ। आज आरोपीलाई  सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement