कन्सेर्टो क्लबले एक कार्यक्रमबीच पालन गर्यो क्लबको स्वर्ण जयन्ती

IMG-20240521-WA0283.jpg

गोरुबथान (महेश्वर प्रधान): गोरुबथान क्षेत्रमा सबैभन्दा पुरानो क्लब हो कन्सेर्टो क्लब।सन् १९७४ सालमा यस क्षेत्रको विकास, संवर्द्धन हेतु केही युवाहरु मिलेर गठन गरेको कन्सेर्टो क्लबले यो पचास वर्षको अवधिमा धेरै राम्रो राम्रो सामाजिक कामहरु गरेका छन्।उसबेला फुटबलको क्षेत्रमा कन्सेर्टो क्लबका फुटबल खेलाडीहरुले गोरुबथानको नाम सुवर्ण अक्षरले कोरेको कुरोमा दुइमत नहोला। आज यसै क्लबले पचास वर्ष पार गरेको छ। क्लबको स्थापना दिवस प्रतिसाल साधारण रुपमा मनाउने गरिन्थ्यो भने यस साल क्लबको स्वर्ण जयन्ती परेको हुनाले एक कार्यक्रमको आयोजना पनि गरिएको थियो। कन्सेर्टो क्लबको आफ्नै प्रेक्षालयमा समपन्न स्वर्ण जयन्ती कार्यक्रमको सन्चालन राजु घिमिरेले गरेका थिए। कार्यक्रममा मुख्य अतिथीको रुपमा केशव प्रधान थिए।

कार्यक्रमको दिवसीय सभापति बब्रु वहन राणा थिए।यसै गरि विशिष्ट अतिथिहरुमा सूर्यमणि राई पन्चायत समिति सभापति, निमा तामाङ ग्राम पन्चायत प्रधान, भोटू दर्नाल कर्माध्यक्ष पन्चायत समिति, अजय प्रधान बिशाल परियार, ज्ञान बहादुर रसाइली, बिजय गुरुङ ,श्याम थापा, बिनोद लामा, कमल राणा, एस. सी. ओझा थिए।क्लबका सम्पुर्ण सदस्यगणहरुको उपस्थिति रहेको यस कार्यक्रममा मुख्य अतिथी तथा सभापतिको बाहुलीबाट द्वीप प्रज्वलन गरि क्लबका सभापति बब्रु वहन राणाको बाहुलीबाट क्लबको झण्डोत्तलन गरियो। यसै क्रममा यस क्लबका केही दिवंगत सदस्यहरुको आत्मशान्तिको लागि एक मिनटको मौन धारण पनि गरियो। कन्सेर्टो क्लबका महासचिव काशीराम प्रधानले स्वागत भाषण राखेका थिए। स-साना नृत्यांगनाले कार्यक्रममा स्वागत नृत्य पनि प्रस्तुत गरेका थिए।

यसै क्लबका सदस्य हेमन्त गुरुङले गायक सुरेश कुमारको गीत गाएर दर्शकहरुलाई मन्त्रमुग्ध बनाए। कन्सेर्टो क्लबका फाउन्डर मेम्बर तथा वर्तमान सल्लाहकार श्याम थापाले आफ्नो सम्बोधनमा क्लब निर्माणको संक्षिप्त इतिहास, यसको उद्देश्य र क्लबले हासिल गरेको उपलब्धिहरुबारे विस्तारमा बताए। यसरी नै मुख्य अतिथी केशव प्रधानले पनि कार्यक्रमलाई संबोधन गरेका थिए। संस्थापक सदस्यगणलाई क्लबको तर्फबाट प्रशंसा पत्र पनि प्रदान गरियो। भूतपूर्व सदस्यगण, मुख्य अतिथी विशिष्ट अतिथिहरुलाई पनि क्लबको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो। कार्यक्रमलाई भूतपुर्व सदस्यहरुले पनि सम्बोधन गरेका थिए। दिवसीय सभापतिले आफ्नो वक्तव्यमा सबैलाई धन्यवाद दिँदै आफ्नो विचारहरु राखेर कार्यक्रम समापनको घोषणा पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement