अलिपुरद्वार: अलिपुरद्वार जिल्लामा राष्ट्रिय राजमार्गको विस्तार अन्तर्गत सडक चौडा गर्ने काम शुरु हुँदैछ। राष्ट्रिय राजमार्ग न० ३१ को शिलबारी घाटदेखि मेछबिलसम्म फराकिलो बनाउने काम शुरु भएको छ। जसका कारण यस सडकको दुबै छेउमा घरमा बस्ने व्यवसायीहरु निकै त्रसित छन्। उनीहरुले क्षतिपूर्तिको माग गर्दै आज आन्दोलन गरेका हुन्। शीलबारी हाट व्यापारी संघको नेतृत्वमा आज ठूलो संख्यामा व्यापारी र सर्वसाधारणले सरकारसँग क्षतिपूर्तिको माग गर्दै विरोध प्रदर्शन गरेका छन्। वास्तवमा राष्ट्रिय राजमार्ग न० ३१ लाई चौडा बनाउन ठेकेदारले सडक नाप्ने काम शुरु गरेको हो। जसका कारण व्यवसायी तथा सर्वसाधारणलाई आफ्नो पसल र घर जुनसुकै बेला भत्काउन सक्ने डर छ। यही कारण उनीहरुले क्षतिपूर्तीको माग गर्दै आन्दोलन शुरु गरेका हुन्। पहिले क्षतिपूर्ति दिनुपर्छ, त्यसपछि मात्रै यहाँ काम थाल्नुपर्ने उनीहरूको माग छ। यसो नगरे सशक्त आन्दोलन गर्ने बताएको छ। आज व्यवसायीले क्षतिपूर्ति र क्षतिग्रस्त व्यवसायीलाई पूरा आवासको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।