रिसर्च स्कॉलरको मृत्युको विरोधमा उत्तर बंगाल विश्वविद्यालयमा एसएफआईकाे प्रदर्शन

IMG-20240521-WA0398.jpg

सिलगढी: एसएफआईले मंगलबार उत्तर बंगा विश्वविद्यालयमा रिसर्च स्कॉलर विद्यार्थीको मृत्युको विरोधमा विरोध प्रदर्शन गर्‍यो। गत बिहीबार उत्तर बङ्गाल विश्वविद्यालयसँग जोडिएको शिवमन्दिरको भाडाको घरमा रूरल डेवलपमेंट विभागका उक्त रिसर्च स्कॉलर विद्यार्थीको झुण्डिएको अवस्थामा शव फेला परेको थियो।

घटनापछि उत्तर बङ्गाल विश्वविद्यालयका प्रोफेसर  सिद्धार्थ शंकर लाहाविरुद्ध माटिगाडा पुलिसब थानामा उजुरी दर्ता गरिएको थियो। तर आरोपी अझै पक्राउ परेका छैनन्। यसको विरोधमा एसएफआई सदस्यहरूले आज उत्तर बंगाल विश्वविद्यालयमा प्रदर्शन गरेका छन्।

सङ्गठनका जिल्ला अध्यक्ष तन्मय अधिकारीले घटनामा तत्काल कारबाही र दोषीलाई पक्राउ गर्न माग गरेका छन्। विश्वविद्यालयमा उपकुलपति नहुँदा यस्ता घटना यसअघि पनि भइसकेको उनको भनाइ छ। ‘तत्काल कारबाही नभए जिल्लाभर आन्दोलन गरिने छ’ अधिकारीले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement