सेमिफाइनलमा पुग्यो जलपाइगढ़ी पुलिस

IMG_20220809_000335.jpg

८ अगस्तः डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार जलपाइगढ़ी पुलिसले सजिलै जीत हासिल गरी सेमिफाइनलमा स्थान बनायो। मालबस्ती खेल मैदानमा भएको म्याचमा जलपाइगढ़ी पुलिसले ब्रदर्स इलेभेन कालचिनीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट ह्याट्रिक गर्ने शुभंकरलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने सेमिफाइनलमा गोरुबथान युनाइटेड क्लब र बुलेट इलेभेन, मीनग्लासबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १६ अगस्तमा खेलिनेछ। आयोजक डायमण्ड क्लबको पक्षमा प्रतीथ परियारले बताएअनुसार, टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्राप्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *