बीएसएफको गोलीबाट तस्कर घाइते, अस्पतालमा उपचाराधीन

IMG-20240521-WA0238-1

कोचबिहार: सीमामा तस्करी रोक्न बीएसएफले चलाएको गोली लागेर एक तस्कर गम्भीर घाइते भएका छन्। घटना भारत–बंगलादेश सीमाको गीतालदाह क्षेत्रमा भएको हो। घाइतेको नाम सुरजित बर्मन (३०) रहेको छ। हाल उनलाई गम्भीर घाइते अवस्थामा कोचबिहार मेडिकल कलेजमा भर्ना गरिएको छ।  

भारत–बंगलादेश सीमावर्ती गितालदाह क्षेत्रमा २५ देखि ३० गाई तस्करी गर्न खोजेको समाचार छ। जब बीएसएफ जवानहरूले उनीहरूलाई रोके, उनीहरूले बीएसएफमाथि आक्रमण गरे। स्थिति नियन्त्रणमा लिन बीएसएफका जवानहरूले फायरिङ गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement