सिलगढी: उत्तर बंगाल विश्वविद्यालयको ग्रामीण विकास विभागकी शोधार्थी विद्यार्थी बबिता दत्तको रहस्यमय मृत्युलाई लिएर उत्तर बंगाल विश्वविद्यालयमा विवाद शुरु भएको छ। भारतीय जनता युवा मोर्चाले मंगलबार विश्वविद्यालयको प्रशासनिक भवन अगाडि प्राध्यापक सिद्धार्थशंकर लाहाको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ। भारतीय जनता युवा मोर्चाले पनि राज्यपाललाई पत्र पठाएर कडा कारबाही गर्न माग गरेको छ।

युवा मोर्चा सिलगढी संगठनका जिल्ला अध्यक्ष अरिजित दासले अनुसन्धानकर्ता बबिता दत्तले आत्महत्या नगरेको बताए। बबिताको घरबाट सुसाइड नोट फेला परेको रामकृष्ण होस्टेलका सुपरिटेन्डेन्टले बताएl बबिताकी भाईइले पनि विवाहको बहानामा बबितालाई पटकपटक शारीरिक शोषण गरेको भन्दै मतिगाढा पुलिस चौकीमा उजुरी दिएका छन्। यसबाहेक भाजपा युवा मोर्चाका अध्यक्ष अरिजित दासले फाँसीको घटना हुनुभन्दा एक घण्टाअघिको सीसीटीभी फुटेजमा सिद्धार्थ शंकर लाहालाई बबिताको घरबाट बाहिर निस्किएको देखिएको बताए। बबिता दत्तका वास्तविक दोषीलाई ४८ घण्टाभित्र पक्राउ नगरे विश्वविद्यालय क्याम्पसमा चर्को आन्दोलन गरिने भएको चेतावनी दिएको छ।









