सिक्किमबाट निर्मित नेपाली फिल्म ‘तारा–द लस्ट स्टार’ हिजो कान्स फिल्म फेस्टिभल, फ्रान्समा मार्केट स्क्रिनिङ क्याटेगरीमा सफलतापूर्वक प्रदर्शन गरियो।
टिम ताराले स्क्रिनिङ साँच्चै राम्रो भएको र ताराको माया, साथ र प्रशंसाका लागि सबैलाई धन्यवाद दिएको जानकारी दिएको छ।
चलचित्रमा मुख्य कलाकार मध्येकी एक श्यामाश्री शेर्पाले प्रतिनिधित्व गरिरहेकी छन्।
साडा प्रोडक्सन र पासाङ मिन्टोक फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सावित्री छेत्रीले निर्माण गरेकी हुन् भने निर्देशन साम्तेन भोटियाले गरेका छन्।
चलचित्रमा देवराज शेर्पा र लोनिभा तुलाधरसँगै श्यामाश्री शेर्पा र किरण दाहाल मुख्य भूमिकामा छन्।
श्यामाश्री शेर्पाले फिल्म तारा र सम्पूर्ण टिमलाई दिनुभएको साथ र मायाका लागि सबैलाई धन्यवाद दिएकी छन्।









