डुअर्सको तसाटी चिया बगान क्षेत्रमा चितुवाको आतंक

अलिपुरद्वार: डुअर्सको तसाटी चिया बगान क्षेत्रमा चितुवाको आतंक देखिएको छ। सोमबार राति तसाटी चिया बगानको सडक लाइनमा रहेको एउटा घरको गोठालाबाट चितुवाले बाख्रालाई तानेर लैजान खोजेको थियो।

स्थानीय स्रोतका अनुसार फलकाटा ब्लाँकस्थित तसाटी चिया बगानको रोडलाइनमा बस्ने अजित खरियारको घरको गोठमा चितुवा पसेर त्यहाँबाट बाख्रा लैजान खोजेको थियो। आवाज सुनेपछि स्थानीय बासिन्दा र परिवारका सदस्य घटनास्थल पुगेर बाख्रा घाइते अवस्थामा देखे। स्थानीय बासिन्दाले चितुवाको आक्रमणबाट बच्न वन विभागले उचित कदम चाल्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement