मङ्पूमा हिमाली गौरव सम्मान अनि सिन्कोना सेवा सम्मान कार्यक्रम सम्पन्न

WhatsApp-Image-2024-05-21-at-14.36.27

मङ्पू: अवधारणा समुहको पक्षबाट समाजमा योगदान पुराउने व्यक्तिहरुलाई हिमाली गौरव सम्मान अनि सिन्कोना सेवा सम्मानले सम्मानित गरियो। आइतबार सरकारी सिन्कोना बगान, मङ्पू अधिनस्थ रवीन्द्र स्मारक भवनमा ‘अवधारणा समूह’ मङ्पूको तत्वावधानमा ‘हिमाली गौरव-सिन्कोना सेवा सम्मान’ हस्तान्तरण अनि  उक्त समूहको मुखपत्र ‘अवधारणा परिक्रमा’ लोकार्पण गरियो। ‘सर्वप्रथम पद्मभूषण पुरस्कारले अलङ्कृत भारतीय नेपाली चिकित्सक डा. मणिकुमार छेत्रीलाई  घोषणा गरियो। वहाँ वृद्धावस्थाका कारण अनुपस्थित रहनुका साथै उनका छोरा डा. मिलन छेत्रीले परिवारबाट अन्य सदस्य आउन नसकेको बारेमा पठाएको पत्रलाई कार्यक्रममा पढेर सुनाइयो। बौद्ध गुरू खेन रिम्बोर्छेलाई प्रभा खालिङ (तामाङ), सिद्धु राई अनि परिवार सदस्यहरू रेशेप बजार मङ्पूद्वारा स्व. एस एल राईको सम्झना– ‘हिमाली गौरव सम्मान’ले पुरस्कृत गरियो।

१० वटा महाकाव्यका लेखक  मोहन दुखुनलाई ‘हिमाली गौरव सम्मान’ले पुरस्कृत गरियो। यस्तै प्रकारले बिर्सिएको संस्कृतिमाथि साहित्य अकादमी पुरस्कारले अलङ्कृत व्यक्ति स्व. एम एम गुरूङलाई डा. सरला खालिङ, छोराछोरी अनि परिवारबाट स्व. एस के खालिङको सम्झनामा मरणोप्रान्त सिन्कोना सेवा सम्मानले पुरस्कृत गरियो। अर्कोतिर श्रमिकवर्गको हितमा युवा अवस्थादेखि ८० को दशकसम्म निरन्तर लागिपर्ने सामाजिक तथा राजनैतिक व्यक्तित्व एल एम शर्मालाई सुरज/किरण/चन्द्र/तारा लोहार अनि परिवारबाट स्व. डी.  एस. लोहारको सम्झनामा अवधारणा समूहले ‘सिन्कोना सेवा सम्मान’द्वारा पुरस्कृत गर्यो। सामाजिक व्यक्ति स्व. एच एम कोठारी, सिलगढीलाई शर्मा परिवार सदस्यबाट स्व. ० के पी शर्माको सम्झनामा अवधारणा समूहले ‘सिन्कोना सेवा सम्मान’द्वारा पुरस्कृत गरियो। कालेबुङ डब्ल्युएचओ केयर्सका संस्थापक सदस्य  एरोन योञ्जनलाई उनको सामाजिक योगदानलाई मूल्यांकन गर्दै रमेश/गीता प्रधान अनि परिवारबाट स्व. जे बी प्रधानको सम्झनामा अवधारणा समूहले ‘सिन्कोना सेवा सम्मान’द्वारा पुरस्कृत गरियोl समाजसेवक  विक्रम राई, सिटोङ अनि गीतान्जली संस्थाका सभापति मैताराज राना, सचिव अरुण खवास  अनि मिलन लामा रोगीलाई अतुलनीय सामाजिक योगदानको कदर गर्दै बधाई टोकन प्रदान गरियो। मुख्य अतिथि डा. शामुएल राई, सिन्कोना निर्देशकले कार्यक्रमको बारेमा साथै वर्तमानमा सिन्कोना निर्देशालयले गर्दै गरेका विभिन्न पहलहरू बारे स्पष्ट पारेl

नृत्य प्रशिक्षक मुस्कान थापाका प्रशिक्षणार्थीहरूले खूबै राम्रोसित लोक नृत्य प्रस्तुत गरे। कार्यक्रम अनि वर्तमान परिवेशलाई प्रकाश पार्दै खूबै प्रभावकारी ढङ्गमा कालेबुङबाट डा. हर्कबहादुर छेत्रीले सम्भाषण राखे। सम्भाषणको क्रममा साहित्यकार मोहन दुखुनले सम्मान तथा पुरस्कार कार्यक्रममाथि सकरात्मक विचारहरू सहित पूर्वका कतिपय जानकारीमूलक तथ्याङ्कहरू राखे। कार्यक्रममा विशेष आकर्षक ‘अवधारणा परिक्रमा’ पत्रिका मङ्पूका साहित्यकार उदय थुलुङको सभापतित्वमा लोकार्पण गरियो। यस लोकार्पणमा साहित्य साधकवर्गमा जय क्याक्टस, श्रीमती सुभद्रा बम्जन, श्रीमती भूमिका राई, श्रीमती तारा लोहार, विनोद रसाईली, सुरज लोहार, किरण लोहार, तारा लोहार,  सभापति के बी गिरी अनि प्रमुख अतिथि डा. सामुएल राईले साथै सम्पादक मण्डलीमा दीप थापा, विजय ब्लोन अनि रूपाश बम्जनले भाग लिएका थिए।  कार्यक्रममा सभापति उदय थुलुङले पत्रिका ‘अवधारणा परिक्रमा’को घोषणा गरे। मुनाल घिसिङ सलिना रामुदामु अनि दीपथापाले संचालन गरेको  आजको सम्मान समारोह कार्यक्रम मा सचिव किरण ब्लोनले उपस्थितिवर्गलाई धन्यवाद जनाएl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement