गोरुबथान (महेश्वर प्रधान): पाँचौ उत्तर बंगाल बक्सिङ च्याम्पियनसिप २०२४ कालिम्पोङको नोभल्टी इन्डोर हलमा सम्पन्न भएको थियो। यस प्रतियोगितामा भाग लिन गोरुबथानबाट प्रशिक्षक सचिन राईको साथमा गोरुबथान बक्सिङ क्लबका सात जना नानीहरु गएका थिए। ति सात जना प्रतिस्पर्धीहरुमध्येमा दुईजनाले स्वर्ण पदक प्राप्त गरेका छन्। स्वर्ण पदक प्रापकहरु क्रमैले करुणा राई र नितेन लामा रहेका छन्। चार जनाले रजत पदक प्राप्त गरेका छन्।रजत पदक प्रापकहरु क्रमैले प्रनिशा राई, प्रियंका दर्जी, आदर्श नाइक, शिशीर राई हुन्। यसै गरी कास्य पदक सेलिसटना दर्जीले प्राप्त गरेका छन्। विगतको वर्षमात्र प्रशिक्षक सचिन राईको पहलमा खोलिएको गोरुबथान बक्सिङ क्लबका नानीहरुले यति राम्रो परिणाम ल्याउन सकेकोमा प्रशिक्षक सचिन राईले खुशी व्यक्त गर्दै यो उपलब्धि सम्पुर्ण गोरुबथानको उपलब्धि हो भनि बताएका छन्। उनले सम्पुर्ण प्रशिक्षार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।










