चाँड़ै लण्डन जाने तर्खरमा एमएस धोनी

IMG-20240521-WA0145.jpg

नयाँ दिल्ली: आफ्नो सन्न्यासलाई लिएर तेजीको साथ उठिरहेको प्रश्नहरूबीच भारत र चेन्नई सुपर किंग्स (सीएसके)-का पूर्व कप्तान एमएस धोनी मांसपेशीको चोटको उपचार गराउन लण्डन जाने योजना बनाइरहेका छन्। यसबीच सीएसके सूत्रबाट थाहालागे अनुसार, चोट निको भएपछि मात्र धोनीले आफ्नो भविष्यको रणनीतिबारे फसेला गर्नेछन्। गत शनिवार गर या मर म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु विरुद्ध पराजित भएपछि सीएसके आईपीएल २०२४-मा प्लेअफ्-को रेसबाट बाहिर भयो। पाँचपल्टको च्याम्पियन सीएसके प्लेअफ्-मा स्थान बनाउन असफल भएको यो केवल तेस्रोपल्ट हो। धोनी अहिले चेन्नईबाट राँची फर्किएर परिवारसँग समय बिताइरहेका छन्। धोनी मांसपेशीको चोटको सर्जरी गराउन चाँड़ै लण्डन जान सक्छन्, जसले आईपीएलको अवधि उनलाई सताएको थियो। सीएसके-का एकजना वरिष्ठ अधिकारीले भनेका छन्, धोनी अहिले सम्पूर्ण रूपले फिट छैनन् तर क्रिकेट खेल्न जारी राख्न चाहन्छन्। यसैकारण उनले उपचारपछि आफ्नो भविष्यबारे फसेला गर्नेछन्। उनको चोट ठीक हुन ५-६ महिना लाग्न सक्छ। उल्लेखनीय छ, धोनीले सीजनको शुरुवातमै सीएसके-को कप्तानी छोड़ेका थिए अनि युवा रुतुराज गायकवाड़लाई कप्तान नियुक्त गरिएको थियो। यसैकारण धोनीले विकेटकीपर-ब्याटरको रूपमा खेलेका थिए। सीएसके-ले १४ वटा म्याचमा ७ वटा जीतको साथ १४ पोइण्ट्स हासिल गरे पनि नेट रन रेटको आधारमा प्लेअफ्-मा स्थान बनाउन सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement