झापा: अहिलेका सर्वाधिक ‘डिमान्डेड’ गायिकामध्ये पर्छिन् एलिना चौहान। कुनै पनि कोणबाट ‘टप फाइभ’ गायिकाको सूची बनाउनुपर्यो भने उनलाई छुटाउन गाह्रो हुन्छ। केही समयदेखि करिअरको पिकमा रहेकी यी गायिकाले भर्खरै बिहे गरिन्। अष्ट्रेलियामा व्यवसाय गर्दै आएका बागलुङ निवासी विष्णु सापकोटासँग उनले एक महिना अगाडि लगनगाँठो कसेकी हुन्। बिहेपछि उनको सांगीतिक करिअरमा नयाँ मोड आएको छ। एलिना श्रीमानसँगै अष्ट्रेलिया पलायन भएकी छन्।
केही दिनअगाडि एलिना सांगीतिक कार्यक्रमका लागि श्रीमानलाई साथ लिएर दुबई गएकी थिइन्। त्यहाँ उनीहरूले घुमघाम र मस्ती गरे। दुबइबाट उनीहरू नेपाल नफर्कीकन सिधै अष्ट्रेलिया गएका हुन्। अष्ट्रेलियामा एलिना आफ्नो सांगीतिक करिअरभन्दा श्रीमानको व्यापार–व्यवसायमा बढी व्यस्त रहनेछिन्।