टी२० वर्ल्ड कपको टीममा रिजर्व खेलाड़ीको रूपमा स्थान पाए म्याकगर्कले

IMG-20240520-WA0293.jpg

नयाँ दिल्ली: लयमा रहने ओपनिंग ब्याटर ज्याक फ्रेसर म्याकगर्क र म्याथ्यू शर्टलाई अमेरिका र वेष्ट इण्डिजमा हुने आईसीसी टी२० वर्ल्ड कपको निम्ति अष्ट्रेलियाई टीममा रिजर्व खेलाड़ीको रूपमा सामेल गरिएको छ। आईपीएल २०२४-मा २२ वर्षीय म्याकगर्कले दिल्ली क्यापिटल्सबाट उत्कृष्ट प्रदर्शन गरेका थिए। टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण नगर्ने म्याकगर्कलाई टी२० वर्ल्ड कपको टीममा स्थान प्राप्त भएको थिएन कारण अष्ट्रेलियासँग डेविड वार्नर, ट्रेविस हेड र कप्तान मिचेल मार्श रहेका छन्। अलराउण्डर शर्टले अष्ट्रेलियाको तर्फबाट गत १४-मा ९ वटा टी२० म्याच खेलेका छन्। यसमा पाँचवटा म्याचमा उनले ओपनिंग गरेका थिए। अष्ट्रेलियाका मुख्य चयनकर्ता जर्ज बेलीले टी२० वर्ल्ड कपको टीममा एकजना रिजर्व खेलाड़ी लैजाने सुझाउ दिएका थिए तर अब उनले शर्टको साथमा फ्रेसर म्याकगर्कलाई पनि लैजाने फसेला गरेका छन्। अष्ट्रेलियाई टीमले बिहीवार वेष्ट इण्डिज प्रस्थान गर्नेछ। टीमले त्रिनिदादमा २८ र ३० मईमा नामीबिया र वेष्ट इण्डिज विरुद्ध दुईवटा अभ्यास म्याच खेल्नेछ। आईपीएलमा खेलिरहेका हेड, क्यामरन ग्रीन, प्याट कमिन्स, मिचेल स्टार्क र ग्लेन म्याक्सवेल प्लेअफ् सकिएर टीममा सामेल हुनेछन्। टी२० वर्ल्ड कपमा अष्ट्रेलियाको पहिलो म्याच ५ जूनमा ओमान विरुद्ध रहेको छ। अष्ट्रेलियासँग ग्रुप बी-मा ईंग्ल्याण्ड, नामीबिया र स्कटल्याण्ड पनि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement