मुम्बई: भारतका महान क्रिकेटर सचिन तेन्दुलकर र सुनिल गावस्करको साथमा अजिंक्य रहाणे र सूर्यकुमार यादवले सोमवार लोकसभा चुनाउको पाँचौं चरणमा आफ्नो मताधिकार प्रयोग गरे। छोरा अर्जुनसँग मतदान केन्द्रमा आएका सचिन भारतको चुनाउ आयोग (ईसीआई)-को राष्ट्रिय प्रतीक (नेशनल आइकन) पनि हुन्। सचिनले भने, यो हाम्रो देशको भविष्यको निम्ति महत्त्वपूर्ण छ। म ईसीआई-को नेशनल आईकन हूँ अनि मतदान गर्ने महत्त्वबारे जागरूकता बढ़ाउन घेरै अभियानहरूमा काम गरिसकेको छु। आज एक गौरवान्वित भारतीयको रूपमा म यस्तो गर्न सक्षम छु। म सबै नागरिकहरूसँग भोट हाल्ने अपील गर्छु। स्टार ब्याटर सूर्यकुमार यादवले पनि आफ्नो मताधिकार प्रयोग गरे। उनले मसी लगाइएको औंलीको तस्वीर शेयर गरेर साथी नागरिकहरूलाई देशको भविष्यलाई आकार दिन आफ्नो मतदान अधिकारको प्रयोग गर्न प्रोत्साहित गरेका छन्। यसरी नै रहाणेले मुम्बईमा मतदान गरेपछि पत्नी राधिकासँग एउटा तस्वीर शेयर गरेका छन्। यस ३५ वर्षीय ब्याटरले लेखेका छन्, हामीले आफ्नो कर्तव्य पालन गर्यौ। गावस्करले पनि मतदान गरेपछि आफ्नो तस्वीर सोशल मीडियामा शेयर गरेर सबैलाई मताधिकारको प्रयोग गर्ने आह्वान गरेका छन्।