पाकिम जिल्लामा आयो १५ वटा पोस्टल व्यालेट

IMG-20240520-WA0298.jpg

पाकिम: गत १९ अप्रेलमा सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउको निम्ति हालसम्म पोस्टल व्यालेट आउने क्रम जारी रहेको छ। यसै क्रममा आज पाकिम जिल्लाको विभिन्न निर्वाचन क्षेत्रको निम्ति १५ कूल १५ वटा पोस्टल व्यालेट आइपुगेको जानकारी गराइएको छ। पाकिम जिल्लाको डाकघरबाट प्राप्त भएको १५ वटा पोस्टल व्यालेट महकुमा अधिकारी (मुख्यालय) महेन्द्र छेत्रीलाई विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा प्रदान गरिएको छ। आज आएको १५ वटा पोस्टल व्यालेट पाकिम जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा निर्मित स्ट्रङ रूममा भारतको चुनाउ आयोगको नियम अनुसार राखेर सील गरिएको छ। उल्लेखनीय छ,गत १६ अप्रेलदेखि अहिलेसम्म पाकिम जिल्लाको निम्ति कूल ३२४ वटा पोस्टल व्यालेट आइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement