पाकिम जिल्लामा मतदान प्रक्रिया तयारेबारे प्रशिक्षण कार्यक्रम आयोजित

IMG-20240520-WA0297.jpg

पाकिम: आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभा र ४ जूनको दिन सम्पन्न हुने लोकसभा चुनाउको मतगणना तयारीलाई लिएर पाकिम जिल्लाको रूरवन कम्पलेक्समा प्रशिक्षण कार्यक्रम आयोजना गरियो।विशेष गरेर काउन्टिङ सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अबजर्भरहरूलाई लिएर आयोजित दोस्रो चरणको प्रशिक्षण कार्यक्रममा कूल १२१ जना प्रशिणार्थीहरूले अंशग्रहण गरेका थिए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले प्रशिणार्थीहरूलाई मतगणनाको समयमा सबैले सक्रियरूपमा भूमिका निर्वाह गर्नुपर्ने र मतगणना प्रक्रियाको निम्ति सबै प्रकारको आवश्यक उपकरण तयारी राख्नुपर्ने आग्रह गरे।

यस अवसरमा प्रशिणार्थीहरूलाई पोस्टल व्यालेटको मतगणना प्रक्रियाबारेमा विस्तृतकरूपमा जानकारी गराए। यसरी नै इभीएमको मतगणना कसरी गर्न सकिन्छ भन्ने प्रक्रियाबारेमा पनि अवगत गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement