आइजोल: मिजोरममा एकजना चिन रेजिस्टेन्स फोर्स (सीडीएफ)- का क्याडरलाई हतियार सहित पक्राउ गरियो। गुप्त सूचनाको आधारमा असम राइफल्सले अभियान संचालन गरी मिजोरमको सियाहा जिल्ला अन्तर्गत तुईपांग गाउँबाट उक्त सीडीएफ क्याडरलाई पक्राउ गरेको हो।
असम राइफल्सको सूत्रले आज बतायो, तुइपांग रोड चौरस्तामा पहिलाबाटै तैनाथ असम राइफल्सको मोबाइल चेक पोस्ट (एमवीसीपी)- टीमद्वारा उसको केनबो बाइकलाई रोकियो। त्यसपछि बाइकको जाँच गर्दा त्यहाँभित्र लुकाएर राखिएको १२ गेज शटगन कारतूसको १७० राउण्ड, १४ बाओफेंग रेडियो सेट, सामरिक गियर र १४ रेडियो सेट चार्जरहरूको एउटा केश भेटियो।
सूत्रले बतायो, पक्रा परेको व्यक्तिसित जाँचबुझ गर्दा उ सीडीएफ सदस्य रहेको पत्तो लाग्यो। उसलाई भारत-म्यान्मार सीमा पारि हतियारहरूलाई पुऱ्याउने काम सुम्पिइएको थियो। जफत गरिएको सबै सामानहरू सहित उक्त व्यक्तिलाई अग्रिम कानूनी कारबाहीको लागि तुईपांग थाना पुलिसमा सुम्पिइयो।