मतगणना प्रक्रियालाई लिएर गेजिङमा बैठक

IMG-20240520-WA0296.jpg

गेजिङ: गेजिङ जिल्लाका जिल्लापाल एम भरानी कुमारले आज आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभाको मतगणना प्रक्रियालाई लिएर राब्देञ्चीको जिल्ला प्रशासनिक केन्द्रमा आज एक बैठक आयोजना गरे।

उक्त सभामा अतिरिक्त जिल्लापाल परि विष्णोय, अतिरिक्त जिल्लापाल खेमराज भट्टराई, एसडीपीओ, चुनाउ प्रकोष्ठका अधिकारी लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

सोही प्रकारले सभामा गत १९ अप्रेलको दिन सम्पन्न भएको चुनाउमा विभिन्न राजानीतिक दलबाट उम्मेदवारकोरूपमा खडा भएका उम्मेदवारहरूले पनि सहभागिता जनाएका थिए। उक्त सभामा भारतीय निर्वाचन आयोगले तोकेको मतगणनाको मानक प्रक्रियाबारे उम्मेदवार र मतगणनाको निम्ति छनौट भएका एजेन्टहरूलाई परिचय आदान प्रदान गराइयो।

सभालाई सम्बोधन गर्ने क्रममा जिल्लापालले एम भरानी कुमारले आगामी २ जूनको दिन सम्पन्न हुने सिक्किम विधानसभाको मतगणना प्रक्रिया र यसको तयारीबारे सबैलाई अवगत गराए। उनले गत दिनमा सम्पन्न भएको सिक्किम विधानसभाको चुनाउमा सबै राजनीतिक दलहरूले सहयोग पुऱ्याएकोमा कृतज्ञता प्रकट गरे।

जिल्लापालले राजनीतिक दलका प्रतिनिधिहरूलाई अवगत गराउॅंदै आगामी २ जूनको दिन स्ट्रङ रूम बिहानको ५ बजी खोलिने भएकोले सबै जना निर्धारित समयमा मतगणना केन्द्रमा उपस्थित हुनुपर्ने आग्रह गरे। सबै राजनीतिक दलका प्रतिनिधिहरूको एजेन्टले मतगणना केन्द्रमा जाँदा आवश्यकरूपमा आफ्नो परिचय पत्र लिएर जानु पर्ने जानकारी गराए। सोही प्रकारले उनले चुनाउमा खटिएका अधिकारी साथै राजनीतिक दलका प्रतिनिधिहरूलाई इभीएम र भीभीपीएटीको मतगणना प्रक्रियाबारे पनि अवगत गराए।

यसै क्रममा गेजिङ जिल्लाका एसडीपीओले जसरी चुनाउको समयमा विभिन्न राजनीतिक दलहरूले सहयोग पुऱ्याएका थिए सोही प्रकारले मतगणनाको दिन पनि सहयोग दिन आग्रग गरे। उनले मतगणनाको दिन केन्द्रमा प्रवेश गर्नेहरूले आफ्नो मोबाइल फोन, आई प्याडलगायत इलेक्ट्रोनिक्स सामग्री बाहिर राख्नु पर्ने बताए। उनले बताए अनुसार, स्मार्टघडी पनि तोकिएको स्थानमा नै राख्नु पर्नेछ। सबै राजनीतिक दलको निम्ति पार्किङको व्यवस्था गरिएको र मतगणनालाई सही ढङ्गमा सञ्चालन गर्नको निम्ति सबैले सहयोग गर्नुपर्ने आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement