भारत स्वाधीन हुनुअघि स्थापना भएका यी ७ भारतीय कम्पनी

01A1

स्वतन्त्रता भन्दा पहिले शुरु भएका कम्पनीहरूको पहिलो नाम टाटा समूहबाट आउँछ, जसलाई जमशेदजी टाटाले सन् १८६८ मा शुरु गरेका थिए। टाटा समूहको व्यवसाय आईटी क्षेत्र, धातु क्षेत्र, अटो क्षेत्र र अन्य धेरै क्षेत्रहरूमा छ। टाटा समूह उड्डयन क्षेत्रमा पनि ठूलो नाम हो र टाटाले २७ जनवरीमा एयर इण्डियाको नियन्त्रण लिएको थियो।

ब्रिटानिया समूह कोलकातामा वाडिया परिवारद्वारा स्वतन्त्रता हुनु अघि सन् १८९२ मा स्थापित भएको थियो र आज खाद्य क्षेत्रमा सबै भन्दा ठूलो कम्पनीहरु मध्ये एक हो। ११८७८ करोड रुपियाँको राजस्व भएको ब्रिटानिया समूहले बिस्कुटदेखि अन्य खाद्यान्नको व्यापारमा अझै प्रभुत्व जमाएको छ र यसको व्यवसाय विश्वभर फैलिएको छ।

गोदरेज समूहको स्थापना अर्देशिर गोदरेज र फिरोजशा गोदरेज (अर्देशिर गोदरेज, पिरोजशा बुर्जोर्जी गोदरेज) द्वारा सन् १८९७ मा भएको थियो। गोदरेज समूहको व्यापार मेटल, इलेक्ट्रोनिक्सका साथै रियालिटी क्षेत्रमा छ र उनीहरूको संसारभर व्यापार छ।

बिरला समूहले पनि स्वतन्त्रता हुनु अघि आफ्नो व्यवसाय शुरु गरेको थियो र यो सन् १८५७ मा घनश्यामदास बिरलाका हजुरबुवा सेठ शिव नारायण बिरलाले स्थापना गरेका थिए। हाल यस समूहको अध्यक्ष कुमार मंगलम बिरला छन् अनि समूहको व्यवसाय ३६ देशमा फैलिएको छ।

टीभीएस ग्रुप भारतको सबैभन्दा ठूलो दुई चक्के सवारी उत्पादकहरू मध्ये एक होl सन् १९११ मा टीभी सुन्दरम अय्यङ्गरले स्थापना गरेका थिए। कम्पनीको मुख्यालय चेन्नईमा छ र कम्पनीको व्यवसाय दुई चक्के सवारी साधन र मोटर वाहन कम्पोनेन्ट निर्माणदेखि अटोमोटिभ डिलरशिप, वित्त र इलेक्ट्रोनिक्स व्यवसायसम्म छ।

डाबर कम्पनी सन् १८८४ मा डा. एसके बर्मन नामका वैद्यले शुरु गरेका थिए, जसले आफ्नो सानो क्लिनिकमा मानिसहरूलाई आयुर्वेदिक उपचार दिने गर्थे। प्राकृतिक उत्पादनहरूको बढ्दो मागको बीचमा डाबरको व्यवसाय बढ्दै गएको छ र आज कम्पनीको व्यवसाय स्वास्थ्य सेवा, पारिवारिक उत्पादनहरू र आयुर्वेदिक उत्पादनहरूमा छ। कम्पनीको कारोबार १ हजार करोडभन्दा बढी छ।

रेमण्ड कम्पनीको शुरुवात सन् १९२५ मा विजयपत सिंघानियाले गरेका थिए र सन् १९५८ मा उनले मुम्बईमा आफ्नो पहिलो रिटेल शोरुम खोलेका थिए। आज पनि रेमण्ड ग्रुपको मुख्य व्यवसाय कपडा हो र कम्पनीका शोरुमहरू भारतमा मात्रै नभई विदेशमा पनि छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *