मतगणना लिएर दोस्रो चरणको पहिलो प्रशिक्षण कार्यक्रम शुरू

IMG-20240520-WA0295.jpg

गान्तोक: आगामी २ जूनमा सम्पन्न हुने सिक्किम विधानसभाको मतगणनालाई लिएर दोस्रो चरणको पहिलो प्रशिक्षण कार्यक्रम आजदेखि शुरू भयो। गान्तोक जिल्लाका काउन्टिङ सुपर भाइजर, काउन्टिङ एसिस्टेन्ट र माइक्रो अब्जर्बरहरूलाई लिएर आजदेखि गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा प्रशिक्षण कार्यक्रम शुरू भएको छ।

यस प्रशिक्षण कार्यक्रममा जिल्ला योजना अधिकारी सोनाम वाङ्ग्याल लेप्चा, राज्यस्तरीय मास्टर ट्रेनर जिग्मी वाङचुक भोटिया र सनी खरेल आदि उपस्थित थिए। आफ्नो स्वागत सम्बोधनमा सोनाम वाङग्याल लेप्चाले यस प्रशिक्षण कार्यक्रमको आयोजना गरिनुको मुख्य उद्देश्यबारे विस्तृतरूपमा जानकारी दिए। उनले मतगणना अधिकारीहरूका लागि नियम र भारतको निर्वाचन आयोगद्वारा तोकिएका मापदण्डहरूको बारेमा पनि अवगत गराए। उनले मतगणनाका अधिकारीहरुलाई समय र मतगणनाको दिन उनीहरूको लागि सवारी साधनको व्यवस्था गरिएको पनि जानकारी गराए।

यसै क्रममा जिग्मी वाङ्चुक भोटियाले आफ्नो पावरपोइन्ट प्रस्तुतीकरणमा मतगणना तालिकामा कर्मचारीहरूको कर्तव्यबारेमा सबैलाई जानकारी गराए। उनले नियन्त्रण एकाइहरूको निरीक्षण, खोल्ने र सीयूएस सम्वन्धि विषयहरूमा अवगत गराए। सोही प्रकारले सनी खरेलले मतगणनाको निम्ति खटिएका अधिकारीहरू समयमा मतगणना हलमा पुग्नु पर्ने सुझाउ दिए। उनले मतगणनामा खटिएका अधिकारीहरूलाई तालिका ध्यानमा राख्दै मतगणनाको दिन समयनिष्ठ हुन र भारतीय निर्वाचन आयोगद्वारा प्रदान गरिएको नियमहरू पालना गर्न निर्देशन दिए।

पावर पोइन्ट प्रेजेन्टेशनमार्फत उनले मतगणनाको दिनमा मतको गोपनियता र निष्पक्षता कायम गर्नुपर्नेमा जोड दिए। प्रशिक्षार्थीहरूलाई ईभीएम, पोस्टल मतपत्र र इटीबीपी गणना तालिकाको लेआउट प्रस्तुत गरे। डाक मतपत्रको छानबिनको प्रक्रिया, डाक मतपत्रको अस्वीकृत मापदण्ड र डाक मतगणनाको लागि ट्याबुलेशन ढाँचा पनि व्यावहारिक प्रदर्शनका विस्तृतरूपमा जानकारी गराए। आजको यस प्रशिक्षण कार्यक्रममा कूल ११६ जना अधिकारीहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement