सम्मान दिनु सक्दैनौं भने अपमान पनि नगर: भरत तामाङ
दार्जीलिङ: सम्मान दिनु सक्दैनौं भने अपमान पनि नगर यो मनतब्य हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता भरत तामाङले पोखेको हो। प्रत्येक वर्ष २० मईको दिन हाम्रो पार्टीको युवा एकाई र नारी शक्तिले शहरको क्लब स्टयाण्डस्थित अखिल भारतीय गोर्खालीग पार्टीको केन्द्रीय अध्यक्ष शहीद मदन तामाङको शहीद वेदीको सर सफाई गर्दै आईरहेका छन्।यसै क्रममा आज पनि हाम्रो पार्टीको युवा एकाई र नारी शक्ति समुहले शहीद मदन तामाङको शहीद बेदी साथै यसको वरिपरि साफ सफाई गरयो।

यस अवधि हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता भरत तामाङ, नोरा सुब्बा लगायत पार्टीको अन्य कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। सर सफाईको क्रममा शहीद वेदी वरिपरि रक्सीको रितो बोतल, फोहोर मैला आदि देखेर हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता भरत तामाङले सम्मान दिनु सक्दैनौं भने अपमान पनि नगर्ने सुझाव दिएका छन्। मदन तामाङ हाम्रो विचार थिए। उनी गोर्खा जातिको निम्ति शहीद भएका हुन्। गोर्खालीग नेता शहीद मदन तामाङले आफ्नो जनसभाहरूमा भन्ने गर्थे दासत्वको जिन्दगी जीउनु भन्दा स्वभिमानको मृत्यु उचित।भोली २१ मई शहीद मदन तामाङ शहीद भएको दिन हो।मदन तामाङ लाई हामीले जीवित छदा सम्मान दिनु सकेनौ तर उनी हामी गोर्खा जातिको निम्ति शहीद भएर पनि हामीले उनलाई साँचो सम्मान दिनु सकेको छैनौ तिनले भने।

अंग्रेज शासनकालमा हामीले दासत्वको जिन्दगी जिउनु परेको थियो भने आज देश स्वाधीन भएर पनि हामी हाम्रो देशमा स्वतन्त्रताको जिन्दगी जीउन सकेका छैनौ त्यसले अब हामी स्वतन्त्रताको जीवन जीउनलाई एकबद्व हुन जरूरी रहेको तामाङले बताए।