जेभीसी सिंगताम र डीईएसए पाक्योंग क्वार्टर फाइनलमा

IMG-20220808-WA0260.jpg

८ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा जारी यस नाइन ए साइड टुर्नामेण्टमा भएको पहिलो म्याचमा जेभीसी सिंगतामले एमएमएफसी निरपानियालाई १-०-ले पराजित गऱ्यो। विजेता टीमका अमित तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा डीईएसए पाक्योंगले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-लाई १-०- ले पराजित गऱ्यो। विजेता टीमका भुवेन बस्नेतलाई प्लेयर अव् द म्याच चयन गरियो।

टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ । यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *