खरसाङ ब्याडमिन्टन एसोसिएसनद्वारा मैत्री ब्याडमिन्टन प्रतियोगिता

IMG-20240520-WA0263.jpg

खरसाङ: खरसाङ ब्याडमिन्टन एसोसिएसनको तत्वावधानमा एसोसिएसनको पार्क लोकेसनस्थित केबीए हलमा एउटा मैत्री ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरियो। यस प्रतियोगितामा ३५ वर्षमाथिका अनि ५० वर्षमाथिका पुरूष युगल वर्गमा खरसाङ ब्याडमिन्टन एसोसिएसन लगायत गाडीधुरा ब्याडमिन्टन क्लब, गोराबारी ब्याडमिन्टन क्लब, गिद्धपहाड ब्याडमिन्टन एसोसिएसन अनि खरसाङ ब्याडमिन्टन एवम् टेबल टेनिस एसोसिएसनका खेलाडीहरूले भाग लिएका थिए। ३५ वर्षमाथिका पुरूष युगलका प्रतियोगिताको फाइनलमा गोराबारी ब्याडमिन्टन क्लबका प्रतिक र प्रबिनले केबीए खरसाङका पियुष अनि दावालाई हराएर विजयी बने भने ५० वर्षमाथिका पुरूष युगलमा केबीएका हिरेन अनि स्वर्णिमलाई गिद्ध पहाड ब्याडमिन्टन एसोसिएसनका रवि अनि साङ्गेले हराएर विजय प्राप्त गरे।

खरसाङ ब्याडमिन्टन एसोसिएसनका अध्यक्ष प्रेमेन्द्र गुरुङ अनि सचिव पियुष राईले प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडीहरूप्रति आभार प्रकट गरेका छन् भने यस प्रतियोगितालाई सुचारु रूपमा सम्पन्न गराउन सहयोग गर्ने खरसाङ ब्याडमिन्टन एसोसिएसनका सम्पूर्ण सदस्यहरुहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement