जिल्ला प्रशासनिक केन्द्रको निर्माण कार्यको प्रगतिबारे सभा सम्पन्न

IMG-20240520-WA0294.jpg

सोरेङ: सोरेङ नयाँ जिल्लाको रूपमा परिणत भएपछि हाल नयाँ जिल्लामा चाहिने आवश्यक पूर्वधारको निर्माण कार्य युद्धस्तरमा सम्पन्न भइरहेको छ। यसै क्रममा सोरेङमा निर्माण हुन लागिरहेको नयाँ जिल्ला प्रशासनिक केन्द्रको निर्माण कार्य साथै यसको प्रगतिबारे समीक्षा गर्ने उद्देश्यले एक सभा आयोजना गरियो। सोरेङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षतमा सम्पन्न भएको सभामा अतिरिक्त जिल्लापाल धिराज सुवेदी, महकुमा अधिकारी (मुख्यालय) डीआर विष्ट लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

सभामा विशेष गरेर जिल्लापाल हिस्से योङदाले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा जिल्ला प्रशासनिक भवनको चित्र प्रस्तुत गर्दै यसबारेमा छलफल गरिन्। उनले निर्माणधीन अवस्थामा रहेको जिल्ला प्रशासनिक केन्द्र सिक्किमको समृद्ध सांस्कृतिक सम्पदाको प्रदर्शन गर्ने परम्परागत वास्तुलाई झल्काउने प्रकारको मूर्तरूप दिनुपर्ने बिचार व्यक्त गरिन्। यस भवनमा इभीएम वायर हाउस लगायत अन्य आवश्यक सामग्री राख्न सकिने स्थान हुनुपर्ने सुझाउ दिँदै, जुन अहिलेसम्म सोरेङ जिल्लामा यस प्रकारको सुविधा नरहेको बताइन्। यसबाहेक, सो कम्प्लेक्सले केही दशकका लागि सेवा दिने उद्देश्यलाई ध्यानमा राखेर पूर्ण योजना बनाउनुपर्छ, जसमा छतमा पानी संकलन, सौर्य ऊर्जालाई ब्याकअपको रूपमा ट्याप गर्नका लागि सौर्य प्यानलहरू, ग्रे वाटरको रिसाइकल, इलेक्ट्रोनिक र व्यवस्थापनका अवयवहरू समावेश गर्न सकिने सुविधा सम्पन्न हुने बताइन्।

कागजको फोहोर र भवनमा नै हरित दक्षताका मुख्य तत्वहरू रहेको उनले जानकारी गराइन्। उनले अधिकारी र कर्मचारीहरूको लागि आवास र क्वार्टर प्रावधानको बारेमा पनि जानकारी लिइन्, जसमा एसई भवनमा दोस्रो चरणमा पनि प्रस्ताव राखिएको अवगत गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement