खरसाङ: विश्व संवाद केन्द्र खरसाङद्वारा नयाँ पुस्ताका उर्जाशील पत्रकार हनोक थापालाई देवर्सी नारद सम्मानद्वारा सम्मानित गरिने भएको छ। आयोजना आउँदो २५ मा गोर्खा जन पुस्ताकालय आयोजना हुने देवर्षि नारद जयन्तीको अवसरमा भव्य कार्यक्रममा सम्मान जनाइने अशोक चौरसियाले बताएका छन्। बिहान ११ बजेदेखि सम्पन्न हुने सो कार्यक्रमको अध्यक्षता समाजसेवी टीटी लामाले गर्नेछन् भने मुख्य अतिथिको रूपमा आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख पारसचन्द्र आले उपस्थित रहनेछन्। विशिष्ट अतिथिको रूपमा पण्डित केशव मिश्र अनि आश्विनी अग्रवाल रहनेछन्। कार्यक्रममा सबैलाई उपस्थित भइदिने विश्व सम्वाद केन्द्र खरसाङद्वारा आग्रह गरिएको छ। खरसाङ भएको सिबिटार निवासी पत्रकार हनोक थापा गएको एक दशक भन्दा बढी समयदेखि प्रिन्ट मिडिया अनि इलेक्ट्रोनिक मिडियामा कार्यरत् छन्। हनोक थापा जति पत्रकारितामा सक्रिय छन् उति नै बढी नेपाली साहित्यको क्षेत्रमा पनि सक्रिय छन्l ‘अक्षर मोन्टास’ कविता संग्रहले नेपाली संसारलाई उपहार स्वरूप दिइसकेका छन्l यसबाहेक नेपाली साहित्यका सुपरिचित साहित्यकार एडोन रोगोंगकोबारेमा प्रस्तुत गरिएको ‘एडोन रोगोंग स्मृति ग्रन्थ’ सम्पादन गरेका छन्l द् रिपब्लिक इण्डियन परिवार पत्रकार हनोक थापालाई अजस्र शुभकामनासहित हार्दिक बधाई जनाउँदछl