घरेलु म्याचहरूमा टीमको प्रदर्शनले निराश सञ्जय बांगड़

IMG-20240520-WA0244.jpg

हैदराबाद: पञ्जाब किंग्सका मुख्य प्रशिक्षक सञ्जय बांगड़लाई उनको टीमले आईपीएलको जारी सीजनमा आफ्नो ७ वटा घरेलु म्याचमा केवल एउटा जितेकोमा निराशा रहेको छ। पञ्जाब किंग्सले यस सीजनमा आफ्नो घरेलु म्याचहरू मुल्लांपुर र धर्मशालामा खेल्यो। आइतवार सनराइजर्स हैदराबाद विरुद्ध ४ विकेटले हारको साथ १४ वटा म्याचमा १० पोइण्ट्सको साथ टीमको आईपीएल अभियान समाप्त भयो। दशवटा टीमको पोइण्ट्स टेबलमा पञ्जाब नवौं स्थानमा रह्यो। सनराइजर्स विरुद्ध हारपछि बांगड़ले भने, हामीले घरेलु परिस्थितिहरूसँग तालमेल मिलाउन सकेनौ। हामीले घरदेखि बाहिर ७ वटा म्याचमा ४ वटा जित्यौ र ७ वटा घरेलु म्याचमा केवल एउटा जित्न सक्यौ। यस टुर्नामेण्टमा अघि बढ़्नको निम्ति यो निश्चित रूपले चिन्ताको विषय हो। सीजनको बीचमा हामीले लगातार ४ वटा म्याच हाऱ्यौं अनि त्यो पनि घरेलु मैदानमा। त्यसमा दुईवटा म्याच त नजिकको थियो, जसलाई हामीले जित्न सकेनौ। हामीले महत्त्वपूर्ण क्षणहरूमा म्याच गुमायौ। प्रदर्शनमा सुधारको मामिलालाई सीजनको अन्तको निम्ति छोड़ियो भने परिस्थिति सदा चुनौतीपूर्ण हुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement