सिलगढीमा विषाक्त खानाका कारण एक जनाको मृत्यु, एकै परिवारका चार सदस्य अस्पताल भर्ना

IMG-20240520-WA0242

सिलगढी: सिलगढीमा विषाक्त खानाका कारण एक जनाको मृत्यु भएको छ भने परिवारका चार जनाको उपचार भइरहेको छ। सिलगढीको वार्ड नम्बर ३४ को सूर्यसेन कोलोनीमा यो घटनापछि हलचल मच्चिएको छ। मृत्यु हुनेको नाम मनोज कर्माकर हो। स्थानीय स्रोतका अनुसार शनिबार उनले परिवारका बाँकी चार सदस्यसँग खाना खाएका थि । त्यसयता उनी, श्रीमती, दुई छोरा र एक छोरी बिरामी छन्। राति अरुले औषधी ल्याए पनि मनोजले औषधी नखाएपछि उनको शारीरिक अवस्था बिग्रिएपछि मनोज कर्माकरसहित परिवारका सबै सदस्यलाई आइतबार सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो। तर, सोमबार बिहान मनोजको मृत्यु भयो। उनका जेठो छोरालाई गम्भीर अवस्थामा उत्तर बंगाल मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ। मनोजकी श्रीमती, छोरी र एक छोराको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घटनाको जानकारी पाएर वार्ड नम्बर ३४ का पार्षद विमान तापदार सोमबार दिउँसो सिलगढी जिल्ला अस्पताल पुगे। घटनाका कारण क्षेत्र शोकमा डुबेको छ। सूर्यसेन कोलोनीमा रहेको उक्त घरमा परिवार भाडामा बस्दै आएका उनी पेशाले टोटो चालक थिए। -न्यूज एसिया

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement