बागडोग्राको तराई शाखा भारतीय चिया संघमा हात्तीको आक्रमण

Elephant-copy

बागडोग्रा: बागडोग्राको तराई शाखा भारतीय चिया संघमा अबेर राति हात्तीले आक्रमण गरेको छ। खानेकुराको खोजीमा चिया संघको क्वाटरमा हात्तीले हंगामा मच्चाएको छ। यसबाहेक हात्तीले बाङ्दुबी सैनिक क्यान्टोनमेन्टमा आक्रमण गरेको घटनाले स्थानीयवासी त्रसित बनेका छन्। राति अबेर हात्तीले आक्रमण गरेको आरोप छ। वन विभागलाई खबर गरे पनि वनकर्मी नआएको गुनासो गरेको छ। हात्तीले घरमा मात्र क्षति पुर्याएको छैन तर खाना पनि खाएको भनाइ छ। यस सम्बन्धमा तराई शाखा भारतीय चिया संघका सचिव राणा डेले दुई घरमा लगातार आक्रमण गर्नुका साथै हात्तीले खाना पनि खाएको बताए।उनले तत्काल क्षतिपूर्तिको माग गरेका छन्। यसैबीच बागडोग्रा रेन्ज इन्चार्ज पायल रायले खबर पाएलगत्तै वनकर्मी घटनास्थलमा पुगेको र घाइतेलाई क्षतिपूर्ति दिइने बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement