खरसाङ: मन्टिभियट रोड खरसाङमा अवस्थित टाँसी साम्तेलिङ गोन्पा अनि तामाङ बुदिष्ट एसोसिएशनका सदस्यहरूद्वारा गत दिनाङ १७ मई २०२४ देखि आगामी २३ मई २०२४ सम्म भगवान बुद्धको २५६८औं जन्म जयन्ती भव्य रूपमा पालन भइरहेको छ।
संस्थाका सदस्यहरूले पूर्व घोषण गरे अनुसार आज पूजा समारोहको दोस्रो दिन गोरू रिम्पोर्छेको जन्म तिथि रहेको हुदाँ पूजा अर्चनासितै खरसाङ अस्पताल ब्लड व्यांक युनिटको संयुक्त आयोजनामा रक्तदान शिविरको अयोजना गरिएको थियो। यस शिविरमा १७ जनाले रक्तदान गरेका थिए जसमा १० जना महिला अनि ७ जना पुरूषहरूले रक्तदान गरेका थिए। यस शिविरको आयोजना बारे तामाङ बुदिष्ट एसोसिएशनका अध्यक्ष युएस तामाङले जानकारी दिदैं आगामी २१ मईको दिन यस पूजा समारोहको महत्वपूर्ण कार्यक्रमहरू मध्ये भगवान बुद्धमाथि सेमिनार पनि राखिएकोले सम्पूर्ण भक्तजनलाई यस दिन उपस्थित भईदिने तामाङले अनुरोध गरेका छन्।