सिलगढी: उत्तर बंगाल विश्वविद्यालयकी पीएचडी छात्रा बबिता दत्तको झुण्डिएको शव १६ तारिख भेटिएको थियो। अब एबीभीपीले यस घटनाका आरोपीलाई पक्राउ गर्न माग गर्दै आज उत्तर बंगाल विश्वविद्यालयमा जोरदार प्रदर्शन गरेको छ। एबीभीपीका सदस्यहरुले बबिताको हत्या भएको आरोप लगाएका छन्। यस हत्यामा एक विशेष व्यक्तिको हात रहेको एबीभीपीका सदस्यहरुले बताएका छन्। बबिताले मिडियामा आएर पूरा जानकारी दिने कुरा गरेपछि उनको हत्या गरिएको आरोप लगाइएको छ। उनीहरूले यसको प्रमाणका रूपमा सीसीटीभी फुटेज पनि उल्लेख गरेका छन्। ती व्यक्तिलाई छिट्टै पक्राउ नगरिए ठूला आन्दोलनमा ओर्लिने चेतावनी दिएको छ। सिलगढीको शिव मन्दिरमा रहेको भाडाको घरमा शुक्रबार पीएचडी विद्यार्थीको शव झुण्डिएको अवस्थामा फेला परेको थियो।