नाम्ची: डा. नयन राईको अध्यक्षतामा दक्षिण सिक्किम साहित्य सम्मेलनको कार्यालयमा, आगामी नेपाली भाषा मान्यता दिवस पालन विषय एक जरुरी सभा सम्पन्न भयो। सभामा भाषा मान्यता दिवसमा निम्त्याउने अतिथि र विशिष्ट अतिथिवर्गको सूचीपत्र तयार गरियो।
उक्त समारोहमा नेपाली भाषा मान्यताको महत्त्वबारे दलमान डी. गुरुङ (उपाध्यक्ष) र गणेश छेत्रीले (महासचिव) पेश गर्ने निर्णय लिइएको छ। त्यसरी नै विद्यार्थीवर्ग माझ कथा, कविता र निबन्ध वाचन बाहेक स्थापित साहित्यकारवर्गबाट रचनाहरू पनि वाचन गर्ने निर्णय लिइयो।
सभामा गणेश छेत्री (महासचिव), वाङ्दी छिरिङ लामा (सल्लाहकार), सन्तोषकुमार राई (सल्लाहकार), सरमान सुब्बा “रसिक“ (सदस्य), पेम नर्बु शेर्पा “ज्योति“ (प्रचार सचिव), सन्ध्या गिरी (सह प्रचार सचिव), जीवन राई माङ्पा (प्रचार सचिव), मिनु श्रेष्ठ र अन्जु लामा आदिको उपस्थिति रहेको थियो।