केन्द्रमा जसको सरकार गठन गरे पनि हामी हाम्रो वचनप्रति इमान्दार छौं: अजय एडवाडर्स

IMG-20240520-WA0199.jpg

दार्जीलिङ: केन्द्रमा जसको सरकार गठन भए पनि जनतालाई दिएको वचन कार्य रूपमा परिणत गर्न हामी कुनै कसर छोडने छैनौं भनी हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टी केन्द्रीय कार्यलय पी कोठीमा पार्टी केन्द्रीय समितिको सभा सम्पन्न भयो। आयोजित सभामा पहाड तराई डुवर्स आदि क्षेत्रका पार्टी केन्द्रीय समितिको कार्यकर्ताहरूको उपस्थित रहेको थियो। तीन घण्टाभन्दा लामो समयसम्म चलेको सभामा पार्टी अध्यक्ष अजय एडवाडर्सले केन्द्रमा जो कसैले सरकार गठन गरोस् तर हामी हाम्रो वचनमाथि अडिक रहेका छौं भनी बताएका छन्। देशमा लोकसभा चुनावको माहौल छ। गत केही सप्ताह अघि दार्जीलिङ लोकसभा समष्टि लगायत देशको कतिपय निर्वाचन क्षेत्रहरूमा मतदान भईसकेको छ भने देशको अन्य निवार्चन क्षेत्रहरूमा मतदान हुन अझ बाँकी नै छ। आगमी ४ जूनको दिन लोकसभा चुनावको मतगणना हुने तय छ। देशमा जो कसैले सरकार गठन गरोस् तर हाम्रो पार्टी आफ्नो वचनप्रति वचनबद्व रहेको अध्यक्ष अजय एडवाडर्सले पार्टी कार्यकर्ताहरूलाई स्पष्ट रूपमा बताएका छन्। दार्जीलिङ लोकसभा समष्टिमा हाम्रो पार्टीले ईण्डी गठबन्धन समर्पित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङलाई समर्थन गरेका थिए अनि चुनाव प्रचार प्रसारमा हाम्रो पार्टीले छैटौं अनुसूचि, २४४ ए लगायत गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा सामेल गराउने दिशामा जोडदारसँग काम गर्ने वचनहरू दिएका थिए।

हाम्रो पार्टीको केन्द्रीय समितिको सभामा यी विषयहरूमाथि गहन चर्चा परिचर्चाहरू भयो। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले अघि भने, आगमी ४ जूनको दिन लोकसभा चुनावको मतगणना हुँदैछ। केन्द्रमा जो कसैले सरकार गठन गरोस् तर हामी हाम्रो वचनलाई कार्य रूपमा परिणत गर्न पहाडदेखि दिल्लीसम्म जोडदारसंग काम गर्नेछौं।जीटीएले पहाड अनि गोर्खाहरूको जन आकांक्ष पूरा गर्न सक्दैन। त्यसै कारण हाम्रो पार्टीले संवैधानिक व्यवस्था छैटौं अनुसूचि र २४४ ए भनेका हौं।पहाड र गोर्खाहरूलाई छैटौं अनुसूचि र २४४ ए दिलाउन सकेको खण्डमा पहाड अनि गोर्खाहरू सुरक्षित हुनेछ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement