बिजनबारी: जापानबाट विद्यावारिधि पूर्ण गर्ने सफलमणि प्रधान र असमबाट एमबीबीएस गर्ने अञ्जली घतानीलाई बिजनबारीमा सम्बर्द्धना जनाइएको छ। विद्यासागर उच्चतर माध्यमिक विद्यालय बिजनबारीका सन् १९८९ ब्याजका भूतपूर्व विद्यार्थीद्वारा गठित “फ्रेन्ड्स फरेभर” संस्थाको आयोजनामा यस वर्ष विद्यावरिधि हाँसिल गर्ने बिजनबारीको कैंजले बजार निवासी डा. सफलमणि प्रधान अनि असमबाट एमबीबीएस पुरा गर्ने डिएस पथ बिजनबारी निवासी डाक्टर अञ्जली घतानीलाई सम्बर्द्धना जनाउने काम गरियो। स्थानीय बिजनबारी हरियाना भवनमा सम्पन्न कार्यक्रममा सम्बर्द्धित दुवैजना डा. सफलमणि प्रधान अनि डा. अञ्जली घतानी अनुपस्थित हुँदा उनीहरूको पक्षमा उनीहरूका अभिभावकलाई सम्वर्द्धना पत्र सुम्पिइयो। उल्लेखनीय छ डा. सफलमणि प्रधानले रसायन शास्त्रमा क्युसो इन्स्टिट्युट अफ् टेक्नोलोजी जापानबाट विद्यावरिधि पूरा गरेका हुन् भने डा. अञ्जली घतानीले ओैषधि अनि शल्य चिकित्सामा एमबीबीएस प्राप्त गरेकी हुन्।