दैलेखको भुकाँहदेखि आएको मिनी बस दुर्घटना

IMG-20240520-WA0176.jpg

झापा: दैलेखको दुल्लू नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको मिनी बस आज दुर्घटना भएको छ। वीरेन्द्रनगरको कटकुवा जंगल नजिक दुर्घटनामा परेको जिल्ला पुलिस कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले जानकारी दिए।

उनका अनुसार कर्णाली प्रदेश ०२ ००१ ख ०८५२ नम्बरको मिनी बस दुर्घटनामा परेको हो। सो दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुको सनाखत हुन बाँकी छ।

यस्तै, बसमा सवार अन्य घाइतेहरुको उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको एसपी खड्काले जानकारी दिए।
घाइतेको संख्या र मृतकको थप विवरण आउन बाँकी रहेको पुलिसको भनाई छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement