मिरिकको जमानसिंह गाँउमा सडक निर्माणपछि गाँउवासीमा हर्षकाे वातवरण

IMG-20240520-WA0177.jpg

मिरिक: मिरिक महकुमा अन्तर्गत थर्बु चियाकमान जमानसिंह गाँउवासीकाे अलकत्रे सडकमा हिड्ने सपना पूरा भएकाे छ।गाउँलाई मुख्य सडकसित जाेड्ने सडक निर्माण भएपछि गाउँवासीमा हर्षकाे वातवरण बनेकाे छ। स्थानीय ग्राम पञ्चायत सदस्य सुष्मिता देवानले गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मार्फत गाँउमा लगभग एककिलाेमिटर सडक निर्माण कार्य भएकाे जानकारी गराउँदै सडक निर्माणकाे लागि पहल गरिदिने गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापा अनि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईप्रति गाँउवासीकाे पक्षबाट आभार प्रकट गरिन्। उनले जमानसिहं गाँउलाई मुख्य सडकसित जाेड्ने सडक विगतमा थर्बु चियाकमानले निर्माण गरे पनि सडकमा अलकत्रा लगाउने कार्य भएकाे थिएन। फलस्वरूप स्थानीय मानिसहरूलाई यातायातमा धेरै समस्या भाेग्न परेकाे थियाे। गाँउमा गाडी पुगेको थिएन। विमारीहरूलाई बाेकेर सडकसम्म निकाल्न पर्ने अवस्था थियो। वर्तमानमा सडकमा अलकत्रा लगाइएपछि जमानसिहं गाउँवासीले लामाे समयदेखि यातायातमा भाेग्दै गरेकाे समस्याकाे समधान भएकाे छ। स्थानीय सचिन राई( सन्ते दा) ले जमानसिहं गाउँमा सडक निर्माणकाेलागि गाँउवासीले लामाे समयदेखि सम्बन्धित निकायमा निवेदन गरे पनि सडक निर्माण हुन सकेकाे थिएन भन्दै हाल जीटीए प्रमुख अनित थापा अनि क्षेत्रीय सभासद मिलेस राईकाे पहलमा सडक निर्माण कार्य भएकाे बताए। उनले गाउँमा सडक नहुँदाकाे पीडा हामीले भाेगेका छाैं। गाउँमा सडक नभएपछि गाउँ धेरै कुराेमा पछि परेकाे हामीले अनुभव गरेका छाैं भन्दै गाँउमा हाल निर्माण भएकाे सडक जमानसिहं गाउँकाे लागि जीवन रेखा नै बनेकाे छ। सडक निर्माणले स्थानीय मानिस, चिया श्रमिक, विद्यार्थी, ब्यापारी सबैलाई सुविधा भएकाे छ। अब गाउँ विकासकाे मार्गमा अग्रसर बन्ने हामीले अनुभव गरेका छाैं भने। उनले जमानसिहं गाउँ प्राकृतिक सुन्दरताले भरिएकाे गाउँ हाे। याे ठाउँमा पाइने दुर्लभ बन्य जीव जन्तुहरू पर्यटकहरूकाे लागि मुख्य आकर्षण बन्न सक्छ। सडक निर्माण भएपछि यहाँकाे ग्रामीण पर्यटन पनि विकसित बन्ने आशा गरेका छाैं भन्दै सडक बनिएपछि पर्यटकहरू गाँउमा आउन सक्नेछन।यही सडक भएर विट्रिसकालीन बाउन्न ढाेका भएकाे भवन पनि पुग्न सकिन्छ भने। यता स्थानीय वृद्धहरूले पनि गाँउमा अलकत्रे सडक निर्माण भएपछि हर्ष प्रकट गर्दै सडक निर्माणले गाउँ नै उज्यालाे भएकाे बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement