कोचबिहार: आउँदो २३ तारिख तारक ब्रह्मानन्द मूर्तिजीको १०३औँ जन्मजयन्ती हो। सो अवसरमा खगराबारी आनन्दमार्ग विद्यालयमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। सोमबार कोचबिहार जिल्ला प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा आनन्द मार्ग स्कूलले यो जानकारी दिएको हो। तारक ब्रह्मानन्द मूर्तिजीको १०३औँ जन्मजयन्तीमा क्विज प्रतियोगिता बाहेक रक्तदान शिविर, कपडा वितरण जस्ता कार्यक्रम आनन्द मार्ग विद्यालयले आयोजना गर्नेछ। यसका साथै विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिने भएको छ।