तराईका विभिन्न क्षेत्रहरूबाट हाम्रो पार्टीमा सामेल

HP

पानीघट्टा: विगत केहि दिन अघि मात्र तराईको बेलगाछीमा राजनीतिक पार्टी हाम्रो पार्टीको कार्यलय उद्वघाटन भएको थियो। बेलगाछीमा पार्टी कार्यलय भए पछि तराईका विभिन्न क्षेत्रहरूमा हाम्रो पार्टीमा मानिसहरू सामेल हुन थालेको छ। यसरी नै शनिबार निरपानीको २६ नम्बर समष्टिमा मन्दीप लामा, सुरज सौरीया र देउराज छेत्रीको अगुवाइमा विभिन्न राजनीतिक पार्टीका २० घरले हाम्रो पार्टीको झण्डा समाएर पार्टीमा सामेल भएको जानकारी तराई संयोजक सुरज सौरीयाले दिएका छन्। सामेल भएका सदस्यहरूले हाम्रो पार्टीका अध्यक्ष अजय ऐडवर्डको भिजन मन पराएर हाम्रो पार्टीमा सामेल भएको बताए। संयोजक सौरीयाले आगामी दिनमा अझ धेरै मानिसहरू जोडिने बताए भने जीटीए चुनाव अघि तराईबाट विभिन्न राजनीतिक पार्टीबाट शाखाका पदअधिकारगण पनि सामेल हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement