भारत-बंगलादेश सीमामा १००० एलपीएच आर्सेनिक र आयरन रिमुब्हल प्लान्ट शुरु

IMG-20240520-WA0146

सिलगढी: भारत बंगलादेशको फाँसीदेवा ब्लकको सीमामा रहेको १७६ बटालियनले बानेश्वर ज्योत क्षेत्रमा १००० एलपीएच आर्सेनिक र आइरन रिमूभल रो प्लान्ट सञ्चालनमा ल्याएको छ। नुमालीगढ रिफाइनरी लिमिटेडको सहकार्यमा निर्माण गरिएको यो प्लान्टको बीएसएफका आईजी एसके शर्मा, इन्स्पेक्टर सञ्जय पन्त, कम्पनी कमाण्डेन्ट सुजित कुमार दासले उद्घाटन गरेका हुन्। कार्यक्रममा स्थानीय पञ्चायत सदस्य र वरपरका गाउँका सर्वसाधारणको उपस्थिति रहेको थियो। खानेपानी ट्याङ्की निर्माण भएपछि यस क्षेत्रका बासिन्दा निकै खुशी भएका छन्। यस अवसरमा बीएसएफका आईजी एसके शर्माले यो सेवा चौबीसै घण्टा खुला रहने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement