जलपाईगढी: जलपाईगढी टिस्टा पुल नजिकै रेल लाइनमा रेलको ठक्करबाट एक युवकको मृत्यु भएको छ। युवकको मृत्युले पहाडपुर ग्राम पञ्चायतको चौधरीपारामा शोकको लहर फैलिएको छ। घटना आइतबार राति करिब १०:३० बजे भएको बताइएको छ। सूचना पाएपछि आरपीएफले मैनागढी जीआरपीएफ थानालाई खबर गरेको थियो। राति करिब ११:३० बजे जीआरपीएफ पुलिस र परिवारका सदस्य घटनास्थल पुगे। पुलिसले शव बरामद गरी पोस्टमार्टमको लागि जलपाईगढी शवगृहमा पठाएको छ। साइकलमा रेल लाइन पार गर्ने क्रममा रेलको ठक्करबाट यो दुर्घटना भएको हुनसक्ने जीआरपीएफ र आरपीएफको प्रारम्भिक अनुमान लगाएको छ। तर कुन रेलले ठक्कर दिएको हो भन्ने थाहा हुन सकेको छैन। मृतक युवकको नाम राखिउल इस्लाम रहेको पारिवारिक स्रोतले जनाएको छ।