नयाँ दिल्ली: आईपीएल २०२४-को लीग चरण समाप्त भइसकेको छ। आइतवार राति राजस्थान रोयल्स र कलकत्ता नाइट राइडर्सबीच खेलिने म्याच वर्षाले गर्दा रद्द हुनको साथै प्लेअफ्-को समीकरण तयार भयो। लीग चरणको समाप्तिपछि कलकत्ता नाइट राइडर्स (केकेआर) १४ वटा म्याचमा २० पोइण्ट्सको साथ शीर्ष स्थानमा रह्यो जबकि सनराइजर्स हैदराबादले १७ पोइण्ट्सको साथ असल नेट रन रेटको आधारमा दोस्रो स्थान हासिल गऱ्यो। राजस्थान रोयल्स १७ पोइण्ट्सको साथ तेस्रो स्थानमा रह्यो। यसरी रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले १४ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा चौथो स्थान हासिल गऱ्यो। अब २१ मईमा खेलिने पहिलो क्वालीफायरमा केकेआर र सनराइजर्सबीच भिड़न्त हुनेछ। म्याच अहमदाबादमा खेलिनेछ। त्यस म्याचको विजेता टीमले सीधै फाइनलमा स्थान बनाउनेछ। त्यसपछि राजस्थान रोयल्स र आरसीबी-बीच २२ मईमा एलिमिनेटर म्याच खेलिनेछ। त्यस म्याचमा हार्ने टीमको बिदावारी हुनेछ भने जित्ने टीमले २४ मईमा खेलिने दोस्रो क्वालीफायरमा पहिलो क्वालीफायरमा पराजित हुने टीमको सामना गर्नेछ। क्वालीफायर २-को विजेता टीमले क्वालीफायर १-को विजेता टीमसँग फाइनलमा सिंग जुझाउनेछ। फाइनल २६ मईमा चेन्नईको एमए चिदाम्बरम (चेपक) स्टेडियममा खेलिनेछ।
आइतवार केकेआर र राजस्थान रोयल्सबीच खेलिने म्याच वर्षाले गर्दा रद्द भयो। म्याचमा ढिलो गरी टस भयो। केकेआर-ले टस जितेर पहिला बलिंग गर्ने फसेला गऱ्यो। म्याच ७-७ ओभरको खेलिने तय भएको थियो तर रोयल्सले ब्याटिंग शुरु गर्न अघि नै वर्षा शुरु हुँदा म्याच रद्द गरियो। म्याचमा जीत हासिल गर्न सकेको भए रोयल्सले सनराइजर्सलाई पछि छोड़ेर दोस्रो स्थान हासिल गर्ने थियो तर वर्षाले गर्दा त्यस्तो हुन सकेन। यसरी राजस्थानको पहिलो क्वालीफायर खेल्ने सपना पनि पूरा हुन सकेन।