सिंघम अगेनमा सलमान खानःलाई देखिने

Salman-Khan-1

मुम्बई: सिंघम अजय देवगनको सबैभन्दा चर्चित चलचित्र हो। अहिलेसम्म सिंघमका दुई भाग बनेका छन् जसले बक्स अफिसमा हलचल मच्चाएको छ। अजय देवगनको यो वर्ष सिंघम अगेनसहित धेरै फिल्म आउँदैछन्। यस फिल्ममा धेरै बलिउड स्टारहरु एकसाथ देखिने भएका छन्। सिंघम अगेनमा रणवीर सिंह, अक्षय कुमार र टाइगर श्राफ देखिने खबर आएको थियो। तर अब फिल्ममा सलमान खान पनि देखिने चर्चा छ। फिल्ममा सलमान खान केमियो रोलमा देखिनेछन्। सलमान खानको चरित्र ‘चुलबुल पाण्डे’का फ्यानका लागि यो खुशीको खबर हो। अजय देवगनको फिल्म सिंघम अगेन १५ नोभेम्बर २०२४ मा बक्स अफिसमा रिलिज हुनेछ। दीपावलीपछि रिलिज हुने यो फिल्मले हलमा हलचल मच्चाउन सक्छ। दीपावली र ईदमा प्रायः मानिसहरू सलमान खानको फिल्मको पर्खाइमा हुन्छन् तर सायद यो पटक त्यस्तो नहुन सक्छ। सलमान खानका फ्यानले भाइजानलाई सिंघम अगेनमा हेर्न पाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement