इरानी राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री र अन्य पदाधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको सरकारी संचारमाध्यमले पुष्टि गरेको छ। इरानको सरकारी समाचार एजेन्सी इरनाले अमेरिकामा बनेको बेल २१२ हेलिकोप्टर हिउँले ढाकिएको पहाडमा ठोकिँदा त्यसमा उडिरहेका राष्ट्रपति राइसी सहित सबैको मृत्यु भएको जनाएको छ। अजरबैजानको पूर्वी प्रान्तमा हेलिकोप्टरको भग्नावशेष फेला परेपछि राष्ट्रपति रायसी र विदेशमन्त्री होसेन अमीराब्दुल्लाहियानसहित सबै मारिएको पुष्टि भएको जनाइएको छ।

६३ वर्षीय राईसी २०२१ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए। पदभार ग्रहण गरेदेखि उनले नैतिकता कानूनलाई कडा पार्ने आदेश दिएका थिए। इरानमा राजनीतिक, सामाजिक र आर्थिक संकटको दायरालाई लिएर बढ्दो असहमतिको समयमा यो दुर्घटना भएको छ। इरानका धर्मगुरुहरूले तेहरानको विवादित आणविक कार्यक्रम र युक्रेनमा युद्धको क्रममा रुससँगको गहिरो सैन्य सम्बन्धलाई लिएर अन्तर्राष्ट्रिय दबावको सामना गरिरहेका छन्। इरानको सहयोगी हमासले ७ अक्टोबरमा इजरायललाई गाजामा आक्रमण गर्न उक्साएपछि, इरान–सम्बन्धित समूहहरू संलग्न भएको आक्रोशहरू मध्यपूर्वमा फैलिएको छ।