जनमत पार्टीले सरकारलाई बिश्वास को मत दिने

IMG-20240520-WA0121.jpg

झापा: सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।

जनमतकी प्रमुख सचेतक अनितादेवी साहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिए।

प्रधानमन्त्रीले आज मई २०मा बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैछन।

सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिन लागेका हुन।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement