एमजी मार्गमा एसएसबीद्वारा ब्याण्ड प्रदर्शनी र झण्डा वितरण कार्यक्रम

IMG_20220808_225552.jpg

गान्तोक: आज यहाँको एमजी मार्गमा सशस्त्र सीमा बल (एसएसबी) को राजधानीस्थित सेक्टर हेडक्वार्टरले पाइप ब्याण्ड प्रदर्शनी र झण्डा वितरण कार्यक्रम आयोजन गऱ्यो। उक्त कार्यक्रम आजादीको अमृत महोत्सव अन्तर्गत हर घर तिरंगा अभियानको ब्यानरमा आयोजन गरिएको थियो।

कार्यक्रममा एसएसबी सेक्टर हेडक्वार्टरका अधिकारीहरू र उनीहरूका परिवारका सदस्यहरू, स्थानीय मानिसहरू र पर्यटकहरूको बाक्लो उपस्थिति थियो। रंगारंग कार्यक्रमसहित झण्डा वितरण पहललाई उपस्थित सबैले प्रशंसा गरेको बताइएको छ।

यस अवसरमा एसएसबीले सेल्फी स्ट्याण्ड पनि राखेको थियो, जुन पर्यटकहरूको निम्ति आकर्षणको केन्द्र बन्यो। कार्यक्रममा उपस्थित सबैलाई आआफ्नो घरमा १३ देखि १५ अगस्तसम्म देशको ७५औं स्वतन्त्रता दिवस मनाउन राष्ट्रिय झण्डा फहराउन आह्वान गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *