संखुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे

IMG-20240520-WA0083.jpg

झापा: चट्याङ लागेर ७२ भेडा मरेका छन्। संखुवासभाको सभापोखरी गाउँपालिका५ स्थित फाक्वाको तेरुङवा भन्ने ठाउँमा शनिबार राती चट्याङ पर्दा एकै गोठका ७२ वटा भेडा मरेको अवस्थामा भेटिएको हो। सोम बहादुर लिम्बुको गोठमा रहेका ४ सय भेडाहरु मध्येबाट एक समुहमा रहेका सबै भेडा चट्याङ लागेर मरेको स्थानीयले बताएका छन्। रातको समयमा हावाहुरीसँगै असिना परेपछि रुखको फेदमा जम्मा भएका ७२ वटा भेडाहरु सबै एकैठाउँ मरेको भेटियो। रुखमा चट्याङ परेको र त्यहाँ रहेका भेडाहरु सबै मरेको भन्ने जानकारी आएको बताईएको छ। यस बिषयमा थप अनुसन्धान र मुचुल्का तयार गर्न पुलिसलाई समेत खबर गरिसकिएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement